काठमाडौँ महानगरपालिका ६ तिनचुलीबाट स्रोत नखुलेको १८ लाख १६ हजार रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका १ घर भइ हाल आरुबारी बस्ने वर्ष १९ को दावा शेर्पा रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार यही मंसिर १४ गते तिनचुलीस्थित भारतको तारानगर राजस्थान घर भएको वर्ष ३८ को दीपक केजरीवाल (भारतीय पासपोर्ट नम्बर जेड६६१०३८५४) को कोठा चेकजाँच गर्ने क्रममा सो कोठाबाट १८ लाख १६ हजार पाँच सय, मोबाइल फोन थान-२, चेक बुक थान २ फेला परेको थियो।
उक्त सामानसहित दावा शेर्पालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
495
Shares

प्रतिक्रिया