समाज


भिरबाट त्रिशूलीमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

भिरबाट त्रिशूलीमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालखबर
मंसिर २४, २०८२ बुधबार २०:८, काठमाडौँ

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट खसेका एक जनाको मंसिर २४ गते सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।    

सोही ठाउँ बस्ने ५१ वर्षीय दीपक तिवारी अन्दाजी ५० मिटर उचाईको भिरबाट त्रिशूली नदीमा खसेका थिए। 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा  संचालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरुले रिभर रन अभ्यासको क्रममा तिवारी नदीमा खसेको देख्नासाथ उद्धारमा खटिएका थिए।

सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको कमान्डमा खटिएको गोताखोरसतिको टोलीले पानी भित्रबाट बेहोस अवस्थामा उद्धार गरेको हो।

उनलाई उपचारको लागि सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिनटारमा ल्याई आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad