समाज


एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन

एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन

फाइल तस्बिर


नेपालखबर
मंसिर २७, २०८२ शनिबार ९:१, काठमाडौँ

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहा आज भक्तपुरमा हुँदैछ। शनिबार दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। 

महाधिवेशनको उद्घाटनसत्र भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा हुँदै छ। महाधिवेशनको उद्घाटनसत्रमा ३ लाख बढीको उपस्थिति रहने दाबी एमालेले गरेको छ। 

कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सय बढी स्वयंसेवक ड्रेसकोडसहित खटिने छन्। जनसेवा व्यवस्थापनका लागि १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ।  

मञ्चको दायाँबायाँ ३०/३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ। तीन किलोमिटर परसम्म स्पष्ट सुनिने गरी १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम राखिएको छ। 

महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठूलो संख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ। बागमती, मधेस र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउँने एमालेले जनाएको छ। देशका अन्य प्रदेशबाट पनि ठूलो संख्यामा अगुवा कार्यकर्ता आउनेछन्।

उद्घाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ। कार्यक्रम स्थल भन्दा पश्चिमतिर बाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन्। 

ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ। यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ। गठाघर र जगातीबाट सहभागीहरु जुलुस सहित कार्यक्रम स्थलतर्फ आउनेछन्। 

नगरकोट क्षेत्रबाट आउनेलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ। भक्तपुरका सवै वडाबाट जुलुस सहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउँनेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad