समाज


राशिफल ११ पुस : मेषलाई नयाँ अवसर, मीन आफ्नै कामबाट असन्तुष्ट, तपाईँको भाग्य कस्तो?

राशिफल ११ पुस : मेषलाई नयाँ अवसर, मीन आफ्नै कामबाट असन्तुष्ट, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
पुस ११, २०८२ शुक्रबार ४:३५, काठमाडौँ

बिहीबार, ११ पुस २०८२ (२६ डिसेम्बर २०२५)। हेर्नुस् राशिफल-

मेष: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ वस्त्र प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। वैदेशिक यात्राको योग छ।

भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

वृष: चलाखीपूर्ण बोलीले कार्य सफल हुनेछ। आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको साथ, सल्लाह र सहयोग पाइनेछ। आर्थिक लाभ रहनेछ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन: विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। नयाँ लगानीबाट आर्थिक वृद्धि हुने देखिन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। ‘शब्दले मात्र होइन, विचारले पनि सशक्त बन’ भन्ने मन्त्र मनन गर्नुहोला।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट: अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ। प्रेममा बाधाका साथै मन कमजोर रहला। आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। साँझमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

भाग्यशाली रङ सेतो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३७, वैदेशिक कार्यमा ५१, शिक्षामा ४८ र स्वास्थ्यमा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। पारिवारिक सुख मिल्नुका साथै सुखद यात्राको अवसर प्राप्त हुनेछ। विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो भन्ने बुझ्नुहोला।

भाग्यशाली रङ खैरो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: स्थान परिवर्तनका विशेष योग देखिन्छन्। श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। जोस, जाँगर र हिम्मत बढ्नेछ। साँझमा खुसीका निम्ति केही खर्च हुन सक्छ। महत्त्वकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला: व्यक्तिगत कार्यमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुँजी बजारको लगानी ठिकै रहनेछ। वाहन लाभ हुने समय छ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। स्वास्थ्यप्रति सजगता अपनाउनुपर्नेछ।

भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। उत्तर दिशा नजाने।

वृश्चिक: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। व्यक्तिगत खुसीका लागि केही धन खर्च हुनेछ। मध्य दिनबाट नयाँ र शुभ समाचार सुन्न पाइएला। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।

धनु: चिन्ता हटेर मन हलुका हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। नजिकका व्यक्तिको सहयोगबाट आँटेको काम फत्ते हुनेछ। केही धन खर्च भने हुन सक्छ।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५६, शिक्षामा ५८ र स्वास्थ्यमा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। चलाखीपूर्ण बोलीले कार्य सम्पादन हुनेछ। प्राविधिक क्षेत्रमा सफल बन्नु हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। पुँजी बजारले साथ नदिने देखिन्छ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लाभदायक र खुसीको यात्रा हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मीन: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नै कार्यबाट मन सन्तुष्ट नहुन सक्छ। नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा भने सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ३६, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad