कैलालीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
आइतबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले ठक्कर दिँदा ८२ वर्षीया तारादेवी पाठकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाठक जानकी गाउँपालिका–२ की स्थायी बासिन्दा हुन्।
दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको हो।
75
Shares

प्रतिक्रिया