नौ वर्षअघिको कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय डिवि भन्ने डिग बहादुर राई रहेका छन्।
जिल्ला अदालत मोरङको २०७३ चैत २७ गतेको फैसलाले उक्त मुद्दामा उनलाई २० वर्ष कैद सजाय ठहर भई फरार थिए।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको छ।
84
Shares

प्रतिक्रिया