नेपाल प्रहरीका नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले बुधबार उनलाई बहुबिबाहको मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
प्रहरीकै असई गीता पुरीसँग बहुविवाह गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परेपछि रुपन्देही प्रहरीले हिरासतमा राखेर उनीमाथि अनुसन्धान अगाडी बढाएको थियो।
असई पुरीलाई भने ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ। बयानका क्रममा पनि उनले पुरीसँग बिबाह गरेको स्वीकार गरेका छन्। तर उनले जेठी श्रीमतीको सहमतीमै दोस्रो विवाह गरेको दाबी गरेका छन्।
675
Shares

प्रतिक्रिया