समाज


ओखलढुंगामा श्रृंखलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ

ओखलढुंगामा श्रृंखलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ

नेपालखबर
पुस २०, २०८२ आइतबार १७:३१, काठमाडौँ

ओखलढुंगाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रुपमा हत्या तथा लुटपाटमा संलग्न एक समूह पक्राउ परेको छ। 

पक्राउ पर्नेमा ओखलढुंगाको. चिसाङ्ग गाउँपालिका–३ दियाले बस्ने वर्ष २८ को मिलन भन्ने संगम राई, वडा नं. ४ रातमाटे बस्ने वर्ष ३० को विनोद राई, वर्ष ३० कै प्रकाश भुजेल र वडा नं. ८ माम्खा बस्ने वर्ष ३० को दोर्जे भन्ने अशोक भुजेल रहेका छन्।

प्रहरीका अनुसार यही पुस १५ गते अन्दाजी ८ बजेको समयमा चिशंखुगढी गाउँपालिका–६, भदौरे गैरीगाँउ स्थित शोभितमान किराना पसल सञ्चालन गरी बस्ने वर्ष ६० शोभितमान थापा मगर र उनकी श्रीमती वर्ष ६० की रत्नमाया थापा मगर दुवै जनालाई कोदालो तथा अन्य धारिलो हतियारले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या भएको थियो। 

हत्या पश्चात गोठमा लगी स्याउलाले छोपी, पसल तथा कोठामा रहेको अन्दाजी १ लाख नगद तथा २ तोला सुनको गरगहना र काँचो सुन ६ तोला समेत लुटपाट गरी लगेका थिए। 

सो घटनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोट, कोसी प्रदेश प्रहरी कार्यालय, र जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान पश्चात सो घटनामा संलग्न ति व्यक्तिहरूलाई पक्राउ गरेको हो। 

प्रारम्भिक सोधपुछका क्रममा निजहरुले गएको असोज २६ गते राति ओखलढुङ्गाकै सिद्धिचरण नगरपालिका–४ चार्खुमा खेती किसानी गरी बस्ने एकल महिला वर्ष ५२ कि रत्न कुमारी कटवाल (कार्की) लाई बन्चरोले दाहिने पट्टीको कन्चट तथा कानको भागमा प्रहार गरी बिभत्स हत्या गरी नगद तथा सुनका गर गहना समेत लुटपाट गरि लगेको खुलेको थियो।

उनीहरू उपर जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाबाट आवश्यक थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

पक्राउ अभियुक्तहरुको साथबाट चार्खु घटनास्थलबाट हत्यामा प्रयोग भएको बन्चरो, मृतक रत्न कुमारी कटवालको हत्यापश्चात लुटिएको भनिएको सुन गालेर बनाएको ५.८० ग्राम तौल भएको रिङ थान १, दोर्जे भन्ने अशोक भुजेलको घरबाट दाव सहितको खुकुरी, बिनोद राईको खल्तिबाट शोभितमान किराना पसल (भदौरे, गैरिगाँऊ) बाट लुटिएको रु १०० रिचार्ज कार्ड, विनोद राई र दोर्जे भन्ने अशोक भुजेलको घरबाट वरामद भएको भरूवा बन्दुक १/१ नाल गरी जम्मा २ नाल, भदौरे घटनास्थलबाट हत्यामा प्रयोग भएको कोदालो र चा वटा मोबाइलहरू  बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad