समाज


महिलामाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

महिलामाथि निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार २:५८,

महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्।

कुटपिटमा संलग्न पैँयु गाउँपालिका–२ त्रिवेणीका स्थानीय शिक्षक खगेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार नहरको पानीको विषयमा सामान्य विवाद हुँदा शिक्षक रानाले स्थानीय एक महिलामाथि निर्घात कुटपिट गरेका थिए। सोही विषयलाई लिएर महिलाले गाउँपालिका र प्रहरी चौकीमा उजुरी दिइएकी थिइन्।

उजुरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुँवर सिंहले जानकारी दिए। महिलालाई गम्भीर चोटपटक लागेको हुँदा उपचारका लागि छिमेकी जिल्ला स्याङ्जाको वालिङ पठाइएको प्रहरी निरीक्षक सिंहले बताए।

त्रिवेणीका वडाध्यक्ष भीमसेन गुरुङका अनुसार कुटपिटबाट महिलालाई गम्भीर चोट लागेको छ। स्थानीयवासी समयमै घटनास्थालमा पुगेको हुँदा घटनाले ठूलो रूप लिन नपाएको अध्यक्ष गुरुङले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad