समाज


बढ्यो चिसो, काठमाडौँमा बिहान-बेलुकै तापक्रम घट्यो (सूची)

बढ्यो चिसो, काठमाडौँमा बिहान-बेलुकै तापक्रम घट्यो (सूची)

नेपालखबर
पुस २०, २०८२ आइतबार १९:५९, काठमाडौँ

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यसै क्रममा आज (आइतबार) काठमाडौँ उपत्यकामा अघिल्लो दिनको तुलनामा दुवैथरी तापक्रम घटेका छन्। यसको अर्थ शनिबारभन्दा आइतबार काठमाडौँ बिहान-दिउँसै जाडो बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाको तापक्रम विवरणअनुसार आज ४ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि १५.३ डिग्री सेल्सियसमा ओर्लिएको हो। हिजो यहाँ यी तापक्रम  क्रमश: ४.५ र १६.३ डिग्री सेल्सियस थिए। 

आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको  तथ्या‌ंकले देखाएको छ। 

यस्तै आज सबैभन्दा कम अधिकतम तापक्रम  भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस छ। यसैगरी आज सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री सेल्सियस छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ, बादल लाग्यो भने बढ्छ। यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्छ, बादल लाग्यो भने घाम नदेखिने भएकाले घट्छ।

देशका विभिन्न स्थानको तापक्रम सूची तल

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad