उदयपुरमा सुरुमा कोरोना पुष्टि भएका १३ जनाको दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ।
त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदका १३ जनामा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुको कोरोना अस्पताल विराटनगरको आइसोलेसनमा उपचार भइरहेको छ।
१४ दिनपछि गरिएको परीक्षणमा उनीहरुको दोस्रो पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुेबदीले जानकारी दिए।
मस्जिदमा बस्ने १२ भारतीयसहित १६ जमातिमध्येका १३ जनामा एकै पटक संक्रमण देखिएको थियो। त्यस लगत्तै भेटिएका ८ संक्रमितको पनि आइसोलेसन बसाइ १४ दिन पुगेकाले दोस्रो स्वाब परीक्षणको तयारी गरिएको कोसी अस्पतालले जनाएको छ।
सुरुका १३ जनामा कोरोना नेगेटिभ देखिएपछि पुनः पीसीआर परीक्षण गरिने र त्यसमा पनि रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज हुने सवेदीले बताए। भुल्केमा २८ जना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया