समाज


राशिफल २४ पुस : मेष घुमफिरमा, वृषको इज्जतमा दाग लाग्ने, तपाईँको दिन कस्तो?

राशिफल २४ पुस : मेष घुमफिरमा, वृषको इज्जतमा दाग लाग्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
पुस २४, २०८२ बिहिबार ४:३८, काठमाडौँ

आज बिहीबार, २४ पुस २०८२ (८ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय छ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। खानपिन कार्यमा सरिक भइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनु पर्छ। चिसोबाट बच्नुहोला तर नयाँ कार्यको योजना बन्नेछ। मन्त्र- फरक सोचले सफलताको सिँढी हो।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन: परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। दाम्पत्य जीवन सुखमय हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम पाइने योग छ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। मन्त्र- जोखिम होइन, रणनीति रोज।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कर्कट: वाणीमा कुशलता आउने दिन परेको छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रेम जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। मन्त्र- धैर्य नै सफलता हो।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह: रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ। अधुरो काम बन्नाले मन प्रसन्न हुनेछ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। प्रतिष्ठित व्यक्तिले तपाईँको मेहनतको कदर गर्नेछन्। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या: सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ। परिवारमा झैझमेलाको अवस्था आउने देखिन्छ। पढाइलेखाइमा ध्यान दिन नसकिएला। मन्त्र- नयाँ सोचले नयाँ ढोका खोल्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। खर्च बढे पनि आम्दानी भन्दा बढी खर्च हुनेछैन। मन्त्र- डरभन्दा ठूलो लक्ष्य रोज्छु।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक: परोपकारका क्षेत्रमा लगानीको समय छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। काम गर्ने जोस, जाँगर बढ्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मन्त्र- चुपचाप मेहनत गर्छु।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायका लागि यात्रा सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

मकर: परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ। साझेदारीको काममा उल्झन आउनेछ। यात्रा गर्दा सावधानी अपनाउनु होला, सामान हराउने वा चोरी हुने योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कुम्भ: काम देखाएर अरूको मन जित्न सकिनेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्य तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुने छन्। सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मीन: मन पर्ने वस्त्र उपहार पाइने छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहला। धर्म तथा समाजसेवामा मन लाग्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। मन्त्र- प्रयास कहिल्यै खेर जाँदैन।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad