प्रहरीले विभिन्न जिल्लाबाट लागु औषधसहित आठ जनालाई पक्राउ गरेको छ।
ललितपुर, बर्दिया, कञ्चनपुर, कैलाली, मोरङ र पर्साबाट अवैध लागु औसधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६६ ग्राम ५ सय ६० मिलिग्रामसहित भारतीय नागरिक ३१ वर्षीय फिरोज खान पक्राउ परेका छन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँके र प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले २ जनालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए।
उनीहरूले प्रहरीलाई लक्षित गरी आक्रमण गर्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरेको थियाे। गाेली प्रहारबाट फिरोज घाइतेसमेत भएका छन्।
उनको हाल जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ। हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया