सर्वोच्च अदालतले अंशसम्बन्धी एउटा मुद्दामा भावनात्मक सहयोग र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ।
चेतना लोकसम पुनरावेदक प्रतिवादी र शान्ति चौधरी प्रत्यर्थीवादी रहेको अंश मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले महिला–पुरुषबीच हुने सम्बन्धलाई फरक ढंगले व्याख्या गरेको हो।
सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, शारंगा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले जारी गरेको फौसलाको पूर्णपाठमा भनिएको छ
‘महिला–पुरुषबिच चिनजान, सम्पर्क हुन सक्छ । सँगै सुख–दुःखमा परस्पर भावनात्मक सम्बन्ध कायम हुन सक्छ । एक–अर्कालाई परेको समयमा विभिन्न प्रकारले सहयोग, मद्दत पुर्याएको पनि हुन सक्छ । लिनु–दिनु व्यवहार गरेको हुन सक्छ । चिठीपत्र, फोन सम्पर्क भएको हुन सक्छ । सँगै घुमफिर गर्न, मनोरञ्जन गर्न गएको पनि हुन सक्छ । एक–अर्कालाई आवश्यक परेको समयमा हेरचाह गरेको पनि हुन सक्छ । ती सबै व्यवहारहरूले दुईजनाबिच सम्बन्ध र सम्पर्क रहेको तथ्य स्थापित हुन्छ । तर, ती व्यवहारहरूको आधारमा दुईजनाबिच वैवाहिक सम्बन्ध नै कायम रहेको हो भनी परिभाषित गर्न मिल्दैन।’
१६ वर्षअघि चौधरीले लोकसमका पति चूडाबहादुर श्रेष्ठ आफ्नो पति रहेकाले अंश पाउनुपर्ने माग गरेकी थिइन्।
यो मागलाई पाँच वर्षअघि सर्वोच्चले स्वीकार गरेको थियो । सर्वोच्चको संयुक्त इजलासले जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै दुवैबीच पतिपत्नीको सम्बन्ध कायम गरी चौधरीले अंश पाउने गरी फैसला गरेको थियो। चार भागको एक भाग अंश चौधरीले पाउने गरी २३ कात्तिक ०८० मा भएको फैसलालाई चुनौती दिँदै चूडाबहादुरकी श्रीमती चेतना लोकसम पुनरावलोकनको लागि अदालत पुगेकी थिइन् ।
न्यायाधीशहरू रेग्मी, सुवेदी र ढकालको पूर्ण इजलासले उक्त फैसला उल्ट्याउँदै मुद्दालाई अन्तिम किनारा लगाएको हो। जुन फैसलाको पूर्णपाठ सर्वोच्चले केही दिनअघि मात्रै सार्वजनिक गरेको छ।
जसको पूर्णपाठमा भनिएको छ, ‘महिला–पुरुषबीच चिनजान, सम्पर्क हुन सक्छ। सँगै सुख–दुःखमा परस्पर भावनात्मक सम्बन्ध कायम हुन सक्छ। एक–अर्कालाई परेको समयमा विभिन्न प्रकारले सहयोग, मद्दत पुर्याएको पनि हुन सक्छ। लिनु–दिनु व्यवहार गरेको हुन सक्छ। चिठीपत्र, फोन सम्पर्क भएको हुन सक्छ। सँगै घुमफिर गर्न, मनोरञ्जन गर्न गएको पनि हुन सक्छ। एक–अर्कालाई आवश्यक परेको समयमा हेरचाह गरेको पनि हुन सक्छ। ती सबै व्यवहारहरूले दुईजनाबिच सम्बन्ध र सम्पर्क रहेको तथ्य स्थापित हुन्छ। तर, ती व्यवहारहरूको आधारमा दुईजनाबीच वैवाहिक सम्बन्ध नै कायम रहेको हो भनी परिभाषित गर्न मिल्दैन।’
Shares

प्रतिक्रिया