समाज


चितवनबाट त्रिशूलीमा खसेको १८ महिनापछि तनहुँमा भेटिएको बस उत्खनन आज पनि जारी रहने

चितवनबाट त्रिशूलीमा खसेको १८ महिनापछि तनहुँमा भेटिएको बस उत्खनन आज पनि जारी रहने

तनहुँस्थित त्रिशूली नदीकिनारमा फेला परेको बसको अवशेष। तस्बिर : रासस


नेपालखबर
पुस २८, २०८२ सोमबार ७:५३, दमौली (तनहुँ)

मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको बसको अवशेष १८ महिनापछि तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीमा आइतबार (पुस २७ गते) फेला परेको छ।

त्यसको उत्खनन आज पनि जारी रहने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर उत्खनन गरे पनि बसका सबै अवशेष निकाल्न नसकिएकाले यो कामलाई आज पनि निरन्तरता दिइने भएको हो। 

तनहुँ जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको हो। 

उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलतालबाट त्रिशूलीमा खसेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। उक्त बस त्यस दिन काठमाडौँबाट रौतहटको गौर जाँदै थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad