भदौ २४ गतेको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार एक व्यक्ति काठमाडौंको झोरबाट पक्राउ परेका छन्।
कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भइ २०७३ असार २९ गते देखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका सिन्धुलीको तीनपाटन गाउँपालिका– ६ बस्ने वर्ष ५० का वसन्त भन्ने गुन्ज बहादुर श्रेष्ठ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा फरार भएका थिए।
उनी काठमाडौं उपत्यकामा लुकीछिपि बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटि गएको टोलीले टोखा नगरपालिका–१, झोरबाट आइतबार पक्राउ गरेको हो।
उनलाई कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारा पेस गरिएको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया