समाज


नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हनन्‌का १२१ घटना

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हनन्‌का १२१ घटना

फाइल फोटो


नेपालखबर
पुस २८, २०८२ सोमबार १७:३६, काठमाडौँ

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रतता हनन्‌का १२१ घटना घटेको पाइएको छ।

प्रेस काउन्सिल नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रता हननसम्बन्धी घटनाहरूको अभिलेखन गर्ने क्रममा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्ममा उक्त सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका  घटना घटेको जनाएको हो।

सबैभन्दा बढी धम्की दुर्व्यवहारका ५० घटना अभिलेख भएका छन्। यसैगरी आक्रमण कुटपिटका ३७, पेसागत असुरक्षाका १५, कब्जा/अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाका एक घटना अभिलेख भएका छन्।

प्रदेशअनुसार अनुगमन गर्दा सबैभन्दा बढी बागमती प्रदेशमा ६२, मधेस प्रदेशमा २७, सदरपश्चिममा आठ, कोसीमा सात, लुम्बिनी र गण्डकीमा ६÷६ र कर्णालीमा पाँच घटना घटेका छन्।

लैङ्गिक आधारमा एक वर्षभरिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार÷सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रता प्रयोग गर्न अवरोध गरिएको देखिएको काउन्सिलले जनाएको छ।

यस अवधिमा प्रेस स्वतन्त्रता दुरूपयोगका १० वटा घटना घटेका छन्। यसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णालीमा एक घटना घटेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad