पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार मलामी बोकेको लु १ च ६९८५ नम्बरको बोलेरो दुर्घटना हुँदा जोगिथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट-१ का वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए।
वडाध्यक्ष पोखरेलका अनुसार, गुल्मीको रिडी-खज्र्याङ सडकखण्डस्थित खोल्टेपानीमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका टीकारामको रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। गाडी सडकदेखि करिब १० मिटर तल खसेको हो।
84
Shares

प्रतिक्रिया