जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ।
उदयपुर घर भएका प्रहरी हवल्दार मगरको ड्युटीमा खटिएकै अवस्थामा बिहीबार एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सप्तरीमा यसअघि पनि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को ड्युटीमै खटिएको अवस्थामा मृत्यु भएको थियो।
भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो। रासस
3
Shares

प्रतिक्रिया