मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा पानी परिरहेको र थप ठाउँमा वर्षाको सम्भावना देखिएको जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार अहिले (शनिबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेश बागमती प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा छ।
मौसम महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी ठाउँमा आंशिक बादल लाग्नेछ।
यस क्रममा दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका बाँकी पहाडी भूभागका एक-दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना छ।
यस्तै राति देशका पहाडी तथा हिमाली भेगमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ।
यस क्रममा राति कोसी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।
मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गर्दै थप भनेको छ, ‘आज दिउँसो देशका कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी पहाडी भूभागका एक-दुई स्थानमा समेत हल्का वर्षाको सम्भावना छ। सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।’
Shares

प्रतिक्रिया