समाज


कुहिरोले ढाक्यो काठमाडौँ उपत्यका, हवाई उडानमा समस्या

कुहिरोले ढाक्यो काठमाडौँ उपत्यका, हवाई उडानमा समस्या

नेपालखबर
माघ १५, २०८२ बिहिबार ८:४७, काठमाडौँ

तराईसँगै काठमाडौँ उपत्यकामा पनि अहिले पारदर्शिता कम हुने गरी कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका छन्। 

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार यतिबेला काठमाडौँ उपत्यकामा कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटर मात्र छ। 

‘यसले हवाई उडानमा समस्या पार्छ’, उनले नेपालखबरसँग भनिन्, ‘हवाई उडानका लागि कम्तीमा ३ हजार मिटर भिजिबिलिटी आवश्यक हुन्छ।’ 

मौसमविद् महर्जनका अनुसार अहिले तराईका पनि अधिकांश स्थानमा हुस्सु/कुहिरो लागिरहेको छ। 

‘त्यता झन् भिजिबिलिटी १००/२०० मिटर मात्र छ’, उनले भनिन्। 

काठमाडौँमा लागिरहेको कुहिरो बिहान १० बजेपछि बिस्तारै हट्ने सम्भावना रहेको मौसमविद् महर्जनको भनाइ छ। 

तराईतिर लागेको हुस्सु-कुहिरो भने दिउँसो पनि हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad