समाज


प्रेस सेन्टरको स्थापना दिवसमा ३ पत्रकारलाई नगदसहित सम्मान

प्रेस सेन्टरको स्थापना दिवसमा ३ पत्रकारलाई नगदसहित सम्मान

नेपालखबर
माघ १५, २०८२ बिहिबार १५:१९, काठमाडौँ

प्रेस सेन्टर नेपालले पत्रकाहरू नरेन्द्रजंग पिटर, मणिलाल विश्वकर्मा र रुवी श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। 

२२औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पत्रकारत्रय पिटर, विश्वकर्मा र श्रेष्ठलाई सम्मान गरिएको हो। नेपालगन्जका पत्रकार पिटरलाई कृष्ण सेन इच्छुक स्मृति पुरस्कार, सिराहाका पत्रकार विश्वकर्मालाई शक्ति तारा स्मृति पुरस्कार र ललितपुरकी पत्रकार श्रेष्ठलाई बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कारसहित सम्मान गरिएको प्रेस सेन्टरका अध्यक्ष कमल गिरीले जानकारी दिए। 

उनीहरुलाई सम्मानपत्रसहित जनही नगद २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अथिति नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख अग्नी सापकोटाले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए। 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बलराम थापा, आईसीटी फोरमका अध्यक्ष निर्मल ज्ञवाली, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगर लगायतले मन्तव्य व्यक्त गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad