दुई दिन लगातार घटेर शनिबार माथि उक्लिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) फेरि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शनिबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो। तथापि पछि बिहान ८:४५ बजे गरिएको आधिकारिक मापनमा घटेर शनिबार काठमाडौँको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि यो सुरुवाती मापन मात्र हो। आधिकारिक न्यूनतम तापक्रम अहिले त्यही समयमा पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम बिहान ५:४५ बजे देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
बुधबार ७.५ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम क्रमश: घट्दै बिहीबार ६.२ र शुक्रबार ५.३ डिग्री सेल्सियसमा झरेको काठमाडौँको तापक्रम शनिबार ५.८ डिग्रीमा उक्लिएको थियो। तर आज फेरि तल झरेको हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
शनिबार यस्तो थियो देशभरको तापक्रम विवरण

Shares

प्रतिक्रिया