समाज


मोटरसाइकलको ठक्करबाट ६४ वर्षीय पुरुषको मृत्यु, २१ वर्षका दुई युवक घाइते

मोटरसाइकलको ठक्करबाट ६४ वर्षीय पुरुषको मृत्यु, २१ वर्षका दुई युवक घाइते

नेपालखबर
माघ १९, २०८२ सोमबार ७:२७, काठमाडौँ

झापाको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आइतबार साँझ मोटरसाइकलले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

खरेलको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको छ।  

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय अनुराग घोषको ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दङ्गालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad