समाज


काठमाडौँ आउँदै गरेको गाडी खोटाङमा दुर्घटना

काठमाडौँ आउँदै गरेको गाडी खोटाङमा दुर्घटना

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८२ मंगलबार १४:६, काठमाडौँ

काठमाडौँ आउँदै गरेको गाडी खोटाङमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। 

आज बिहान खोटाङबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ८७८१ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका-१ वयक्तास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो।  

गाडी आफैँ अनियन्त्रित भई सडकको भित्तातर्फ कोल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा सवार ७ जना मध्ये ४ जना सकुशल छन्। 

दुर्घटनापछि सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका- ७ बस्ने वर्ष ३७ का बुद्धमान श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनामा भुटानको थिम्पु घर भएकी ७२ वर्षीया कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका-४ सानागाँउ बस्ने ३५ वर्षीय लोकराज जोशी र डोटीकै चुननुर्बी गाउँपालिका ८ का ५८ को लोप्साङ लामा घाइते भएका छन्। 

उनीहरूको जनसेवा क्लिनिक घुर्मी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad