विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को एक अध्ययनले विश्वभर क्यान्सर संक्रमणका १० मध्ये ४ केस रोक्न सकिने जनाएको छ।
डब्लूएचओ र क्यान्सर अनुसन्धान निकाय अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) ले गरेको नयाँ अध्ययनले विश्वभर देखिएका ४० प्रतिशत नयाँ क्यान्सरका रोगी रोगथाम गर्न सकिने भएको जनाएको हो।
विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरिएको नयाँ अध्ययन प्रतिवेदन अनुसार क्यान्सरको विश्वव्यापी बोझ घटाउन रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको स्पष्ट पारेको छ। अध्ययनले क्यान्सर निम्त्याउने ३० वटा रोक्न सकिने जोखिमकारक तत्व पहिचान गरेको छ।
आईएआरसीका अनुसार १८५ देश र ३६ प्रकारका क्यान्सरको तथ्यांक विश्लेषण गर्दा सुर्तीजन्य पदार्थ क्यान्सर सबैभन्दा ठूलो कारण भएको पाइएको छ। अध्ययनले क्यान्सर रोग लाग्न नदिनका लागि सबैभन्दा ठूलो कारकमा पनि सुर्तीजन्य पदार्थको प्रयोग रोकथामलाई लिएको छ।
सुर्तीजन्य पदार्थको प्रयोगले विश्वभर १५ प्रतिशत नयाँ क्यान्सर निम्त्याए अध्ययनले देखाएको छ। त्यसपछि क्यान्सर गराउने महत्त्वपूर्ण कारकमा संक्रमण १० प्रतिशत र मदिरा सेवन ३ प्रतिशत रहेका जनाएको छ।
विश्व स्वास्थ्य संगठनले फोक्सो, पेट र पाठेघरको मुखको क्यान्सर रोक्न सकिने क्यान्सरमा रहेको जनाएको छ।
Shares

प्रतिक्रिया