उदयपुर, रसुवा र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही घाइते भएका छन्।
उदयपुरको त्रियुगा नगरपालिका-१४ दियालीमा आज बिहान अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्र.१-०५-००१ ह ०२५७ नम्बरको अटो अनियन्त्रित भएर बुधबार बिहान दुर्घटना हुँदा अटोमा सवार त्रियुगा नगरपालिका-१५ रानीबास बस्ने ५२ वर्षीया रत्न माया मगरको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि महोत्तरीको सम्सी गाउँपालिका-२ पर्सा मस्जिदमा मोटरसाइकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मधेश प्रदेश ०२-००९ प १६१७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया बुनी खातुनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि रसुवाको कालिका गाउँपालिका-२ लामाटोलमा टिपरले ठक्कर दिँदा २० वर्षीया युवतीको मृत्यु भएको छ।
ना.५ ख ६३३२ नम्बरको टिपरले बा.प्र ०२-०५० प ८३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नौकुण्ड गाउँपालिका-१ थाङ्दोर बस्ने २० वर्षीया यो माया निकुरको मंगलबार राति मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिशूली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया