समाज


प्रसाशनले अनुमति नदिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका दुर्गा प्रसाईं बाटोबाटै पक्राउ

प्रसाशनले अनुमति नदिएको कार्यक्रममा सहभागी हुन वीरगन्ज जाँदै गरेका दुर्गा प्रसाईं बाटोबाटै पक्राउ

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १३:२४, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। 

नेपाल प्रहरीले प्रसाईंलाई केही बेरअघि काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको हो। 

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका प्रसाइँ वीरगन्जको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ।

यही माघ ५ गते पनि प्रहरीले पोखराबाट उनलाई पक्राउ गरेको थियो।  पक्राउ गरेको भोलिपल्टै उनी हाजिरी जमानीमा रिहा भएका थिए। 

उनको समूहले वीरन्जमा गर्न लागेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा प्रसाइँ बाटोबाटै पक्राउ परेका हुन्।

‘स्थानीय प्रशासनको अनुमतिबेगर नै हुन लागेको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो,’ प्रहरीका ती अधिकारीले नेपालखबरसँग भने। 

सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ गरेका प्रसाइँलाई काठमाडौँ ल्याएर माघ ६ गते प्रहरीले रिहा गरेको थियो। 

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको अभिव्यक्ति दिएपछि उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थियो। 

राजावादी अभियन्ता प्रसाईंले विभिन्न माग राखेर २१ फागुनको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।

उनको समूह र सरकारबीच यही माघ २ गते निर्वाचन विराेधी गतिविधि नगर्ने सहमति भएको थियो।

सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad