समाज


बिस्तारै बढ्दै छ तापक्रम, काठमाडौँको न्यूनतम झन्डै ७ डिग्री सेल्सियस

बिस्तारै बढ्दै छ तापक्रम, काठमाडौँको न्यूनतम झन्डै ७ डिग्री सेल्सियस

हालै खिचिएको काठमाडौँ सहरको तस्बिर


नेपालखबर
माघ २४, २०८२ शनिबार ११:२३, काठमाडौँ

नेपालमा जाडो याम (विन्टर) अन्त्यतिर पुग्दा बिस्तारै तापक्रम बढ्दै छ। 

यसै क्रममा आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम झन्डै ७ डिग्री सेल्सियसमा उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस छ।

शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो।  

गत पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम क्रमश: बढ्दै आज (माघ २४ गते) झन्डै ७ डिग्री सेल्सियसमा उक्लिएको हो। 

मौसमविद्का अनुसार अहिले काठमाडौँसहित देशभर नै तापक्रम बिस्तारै बढ्दो क्रममा छ। 

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

हेर्नुहोस् देशका अन्य स्थानको तापक्रम विवरण (नोट : न्यूनतम मात्र आजका हुन्, अधिकतम हिजोका)

नेपालको मौसम ४ भागमा वर्गीकरण 

मौसमविद्का अनुसार नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ : प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर।

जसमध्ये प्रि-मनसुन ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ भने त्यसपछि मनसुन सुरु हुन्छ।  

मनसुन ४ महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ। मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ।

मौसमविद्का अनुसार पोस्ट-मनसुन सिजन अक्टोबर र नोभेम्बर २ महिना रहन्छ। 

यसपछि डिसेम्बरदेखि विन्टर अर्थात् हिउँद लाग्छ र यो सिजन ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। 

यसपछि मार्चमा फेरि प्रि-मनसुन सुरु हुन्छ। मेमा यो सिजन सकिएर जुन महिनादेखि फेरि मनसुन लाग्छ। 

यस वर्ष मनसुन औसत मिति (जुन १३) भन्दा १५ दिनअगाडि (मे २९) नै प्रवेश गरेको थियो भने बाहिरिँदा पनि सरदर मिति (अक्टोबर २) भन्दा ८ दिन ढिला अक्टोबर १० (असोज २४) मा बाहिरिएको थियो। 

यो पनि : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो होला मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad