समाज


बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

बलात्कार आरोप लागेका पूर्वप्रहरी ठगुन्ना त्रिभुवन विमानस्थलबाट पक्राउ

नेपालखबर
माघ २४, २०८२ शनिबार १३:३६, काठमाडौँ

एक महिलालाई बलात्कार गरेको अभियोगमा पूर्वप्रहरी जवान भूपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ। 

सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनज‌ंग बुढा थापाका अनुसार ठगुन्नालाई शुक्रबार काठमाडौँमा पक्राउ गरिएको हो।

पीडित महिला सुर्खेतकी भएकाले आरोपित ठगुन्नालाई काठमाडौँबाट सुर्खेत लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उनले बताए। 

‘उनलाई काठमाडौँ प्रहरीको समन्वयमा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी यहाँ ल्याएका हौँ’, डीएसपी बुढाथापाले शनिबार दिउँसो नेपालखबरसँग भने।

अभियोग लागेपछि फरार उनी कहाँबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिएलगायत विस्तृत कुरा भने उनले बताउन चाहेनन्। 

आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै न्यायका लागि ३ महिनादेखि संघर्षरत सुर्खेतकी ती महिला सिंहदरबारमा पनि धर्नामा बसेकी थिइन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad