सोलुखुम्बु र उदयपुरका दुई किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन्।
१४ र १६ वर्षका दुई किशोरीलाई बलात्कार गरेको आरोपमा २० र २२ वर्षका दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बस्ने २० वर्षीय योमु सिङ कुलुङ पक्राउ परेका हुन्।
उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
कुलुङले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्राप्त भएपछि प्रहरी चौकी बुङबाट प्रहरी खटिएको थियो।
त्यसैगरि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिका-६ बस्ने २२ वर्षीय प्रचन पाचे मगर पक्राउ परेका छन्।
उनलाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रचनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो।
यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया