समाज


आज काठमाडौँको न्यूनतम तापक्रम घट्यो

आज काठमाडौँको न्यूनतम तापक्रम घट्यो

नेपालखबर
माघ २६, २०८२ सोमबार ६:४२, काठमाडौँ

लगातार २ दिन बढेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस छ।

हिजो (आइतबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे केही घटेर आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस कायम भएको थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ। 

यसअघि शुक्रबार ५.६ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार बढेर ६.९ डिग्री सेल्सियस पुगेको थियो भने आइतबार ८.८ डिग्री सेल्सियसमा उक्लिएको थियो।

तर आज सुरुवातमै काठमाडौँको न्यूनतम तापक्रम आइतबारको भन्दा कम देखिएको छ।

मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।

यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। 

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

आइतबार यस्तो थियो देशका विभिन्न स्थानको तापक्रम विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad