समाज


तीव्र गतिका ३ वटा मोटरसाइकल आपसमा ठोकिँदा २८ वर्षीय युवकको मृत्यु, २ जना घाइते

बुलेट मोटरसाइकलका चालक पक्राउ
तीव्र गतिका ३ वटा मोटरसाइकल आपसमा ठोकिँदा २८ वर्षीय युवकको मृत्यु, २ जना घाइते

फाइल तस्बिर


नेपालखबर
माघ २६, २०८२ सोमबार ७:५४, काठमाडौँ

नवलपरासी पूर्वमा तीन वटा मोटरसाइकल आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। ।

गएराति करिब ९ बजे कावासोती-१४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र  ग.प्र.०४–००२ प १८४७ नम्बरका तीनवटा मोटरसाइकल आपसमा ठोक्किएका हुन्।  

नलपरासी पूर्वका प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक नवलपरासी पूर्वकै देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको हो।

दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका ४ वर्षीय छोरा जेसन महतो घाइते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ। 

दुर्घटनापछि ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय  दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad