समाज


तराई र उपत्यकामा हुस्सु-कुहिरो, मौसम महाशाखाको यस्तो सुझाव

तराई र उपत्यकामा हुस्सु-कुहिरो, मौसम महाशाखाको यस्तो सुझाव

सोमबार बिहान बाक्लो हुस्सुले ढाकेको पर्साको वीरगन्जस्थित घण्टाघर क्षेत्र।तस्बिर : हिमाल लम्साल/रासस


नेपालखबर
माघ २६, २०८२ सोमबार ९:१५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) तराई भूभागका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।

सोमबार बिहान बाक्लो हुस्सुले ढाकेको पर्साको वीरगन्जस्थित घण्टाघर क्षेत्र।तस्बिर : हिमाल लम्साल/रासस

मौसम महाशाखाले चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु/कुहिरोको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध छ।

आजको मौसमबारे यस्तो छ प्रक्षेपण

दिउँसोः तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा मौसम साधरणतया बदली (आकाशमा बादल) हुनेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

राति: तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागमा मौसम साधरणतया बदली हुनेछ र बाँकी भूभागमा मौसम आंशिक बदली हुनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad