भक्तपुरको सिरुटार बिरुवा बसपार्कमा पार्किङ गरिएको बसभित्र सहचालक मृत भेटिएका छन्।
सूर्यविनायक नगरपालिका-१ स्थित सिरूटार बिरूवा बसपार्कमा पार्किङमा रहेको बा. ४ ख ३२३६ नम्बरको बसमा ललितपुरको महालक्ष्मी नगरपालिका-९ पँदेलिपाखोका ४७ वर्षीय राजाराम चौलागाई मृत भेटिएका हुन्।
प्रहरीका अनुसार, मृत भेटिएका राजाराम बसका सहचालक हुन्। यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ।
117
Shares

प्रतिक्रिया