सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज (मंगलबार) घटेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ।
हिजो (सोमबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो भने पछि आधिकारिक मापनका बेला बिहान ८:४५ बजे थोरै घटेर ८.५ डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम त्यही बेला (बिहान ८:४५ बजे) आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा अझ घट्ने सम्भावना हुन्छ।
आइतबार सुरुवाती मापनमा ९.४ डिग्री सेल्सियि रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे केही घटेर ८.८ डिग्री सेल्सियस कायम भएको थियो।
मौसमविद्का अनुसार तापक्रम तलमाथि भइरहन्छ। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सोमबार यस्तो थियो देशका विभिन्न स्थानको तापक्रम विवरण

Shares

प्रतिक्रिया