जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्।
सशस्त्र प्रहरीले मंगलबार (माघ २७) गते काठमाडौँको गोकर्णश्वर नगरपालिका–२ स्थित नयाँ पार्टीबाट २९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनकुटाको पाख्रीनवास नगरपालिका–५ बस्ने ३१ वर्षीय डिल्लीबहादुर कटुवाललाई मंगलबार दिउसो साढे १ बजे ब्राउन सुगरसहितपक्राउ गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। डीएसपी थापाका अनुसार सशस्त्रको इन्टेलिजेन्स व्यूरोले उनलाई पक्राउ गरेको हो।
कटुवालको साथबाट लागुऔषध तौल मेसिने, मोवाईल र ५ हजार रुपैयाँ समेत बरामद भएको छ।
उनलाई बरामद लागुऔषध तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ।
102
Shares

प्रतिक्रिया