रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा घाइते भएका ८ जनाकै परिचय खुलेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।
घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का, सोही नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर, रामेछापकै उमाकुण्ड गाउँपालिका–५ का ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निष्मा शेर्पा, रामेछापको लिखुतामाकोसी गाउँपालिका ४ का ७१ वर्षीय ओलकबहादुर थापा, रामेछापकै खाँडादेवी गाउँपालिका ३ का २१ वर्षीय समिर श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका–७ की १७ वर्षीया निलिमा तामाङ्ग र ओखलढुंङ्गाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ्ग रहेका छन्।
उनीहरू मध्ये ६ जनालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। एक जनालाई काठमाडौँ र एकजनाको मन्थली अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।
चालक सुशान्त थापा मगरको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ।
मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका ६ त्रिवेणीघाट नजिकैबाट तामाकोसीमा खसेको थियो।
ती मध्ये केहीको घटनास्थलमै र केहीको मन्थली अस्पतालमा मृत्यु भएको हो। बस मन्थली हुँदै ओखलढुंगाको पोल्थलीतर्फ जाँदै थियो। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया