समाज


मर्स्याङ्दी गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु

मर्स्याङ्दी गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु

नेपालखबर
माघ २८, २०८२ बुधबार १७:३९, काठमाडौँ

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बुधबार बिहान भएको गाडी दुर्घटनामा घाइते वृद्धाको मृत्यु भएको छ। 

बुधबार बिहान भुजुङबाट कालढुङ्गातर्फ आउँदै गरेको ग. १ ज ५०६५ नम्बरको गाडी अनियन्त्रित भई मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेमा दुर्घटना भएको थियो। दुर्घटनामा क्व्होलासोथर गाउँपालिका-४ भुजुङकी ७४ वर्षीया मलकुमारी गुरूङ घाइते भएकी थिइन्। 

दुर्घटनामा गम्भीर घाइते गुरुङलाई उपचारका लािग प्रदेश अस्पताल, लमजुङ लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ। 

त्यस्तै, दुर्घटनामा सात जना घाइते भएका छन्। उनीहरूको लमजुङ अस्पतालमै उपचार भइरहेको छ। गाडी चाकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad