दाङमा टिपरले ठक्कर दिँदा अटोरिक्साका चालकको मृत्यु भएको छ।
अन्य पाँचजना यात्रु घाइते भएका छन्।
देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।
मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुन रहेका छन्।
भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हाे। दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।
153
Shares

प्रतिक्रिया