आज (शनिबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शुक्रबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि सोही कायम रह्यो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार विन्टर सिजन (हिउँद याम) अन्त्यतिर आइपुगेकाले काठमाडौँसहित देशभर नै तापक्रम बिस्तारै बढ्दो क्रममा छ
शुक्रबार यस्तो थियो तापक्रम सूची
Shares

प्रतिक्रिया