सोमबार पनि काठमाडौँ उपत्यकाको तापक्रम आइतबार हाराहारी नै देखिएको छ। नगण्य मात्र घटेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २०.७ डिग्री सेल्सियस छ।
हिजो काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २१.१ डिग्री सेल्सियस छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् सोमबारको तापक्रम सूची

90
Shares

प्रतिक्रिया