हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ।
यसै क्रममा काठमाडौँ उपत्यकामा आज (बुधबार) अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियसमा उक्लिएको छ।
यस्तै आज काठमाडौँको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो (मंगलबार) काठमाडौँ उपत्यकामा न्यूनतम ८.३ र अधिकतम तापक्रम २१.५ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
हेर्नुहोस् देशका अन्य स्थानको तापक्रम विवरण

105
Shares

प्रतिक्रिया