अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ।
बिहीवार प्रजातन्त्र दिवसको अवसर पारी इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो। वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताए।
सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या गरिएको सार्वजनिक पुस्तकमा उल्लेख छ।
त्यस्तै, दाइजको कारण १४४ जनामाथि हिंसा भएको, बाल अधिकार उल्लंघन तथा जादतीबाट पीडित भएकाहरुको संख्या १ हजार ३ सय ४९ जना, पेसागत आधारमा पीडित हुनेहरु ११ हजार ५ सय ३८ जना रहेको समेत पुस्तकमा अभिलेखिकरण गरिएको छ।
अध्यक्ष गौतमकाअनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएका छन्।
उनले भने, ‘२०२६ मा हामी ११ हजार ५ सय ३८ मानव अधिकार उल्लंघनका घट्नाहरु अभिलेखिकरण गरेका छौँ। यस वर्ष पनि हत्या हिंसाका घटनाहरु भएका छन्। दाइजोका कारण महिलामाथि हुने हिंसाका घटनाहरु पनि बढेका छन्। बालबालिकामाथि हुने हिंसा र यौन हिंसाका घटनाहरु पनि प्रसस्त रुपमा भएका छन्। विगत ३ दशकदेखि लगातार सार्वजनिक हुँदै आएको यो दस्तावेज नेपालमा मानव अधिकारको विश्वसनीय एउटा स्रोतको रुपमा स्थापित छ।’
इन्सेकद्वारा सार्वजनिक पुस्तमा राज्यपक्षबाटै मानव अधिकार उल्लङ्घन हुने गरेको उल्लेख छ। सन् २०२५ मा गैरकानूनी गिरफ्तारी, हिरासतमा दुव्र्यवहार, थुनामा मृत्यु तथा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको अंकुशले राज्यपक्षबाटै मानव अधिकार उल्लङघन भएको इन्सेकको जिकिर छ।
Shares

प्रतिक्रिया