कारोबार


अदानी र टाटा ग्रुपपछि अम्बानीको रिलायन्सले पनि गर्‍यो एआईमा १ खर्ब १० अर्ब डलर लगानी गर्ने घोषणा

अदानी र टाटा ग्रुपपछि अम्बानीको रिलायन्सले पनि गर्‍यो एआईमा १ खर्ब १० अर्ब डलर लगानी गर्ने घोषणा

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १८:२, काठमाडौँ

भारतीय अर्बपति मुकेश अम्बानीको समूहले आगामी सात वर्षमा कृत्रिम बौद्धिकतासम्बन्धी पूर्वाधारमा १ खर्ब १० अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने भएको छ। ब्लुमबर्गका अनुसार पछिल्लो समय द्रुतगतिमा विकास भइरहेको एआई प्रविधिमा भारतीय धनाढ्य लगानी गर्न अग्रसर भएका हुन्। 

अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड र यसको दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियो इन्फोकम लिमिटेडले एआईको लागत घटाउने प्रयासस्वरुप यो लगानी गर्नलागेका हुन्। बिहीबार नयाँ दिल्लीमा भइरहेको इन्डिया एआई इम्प्याक्ट समिटमा अम्बानीले यसबारे बताएका हुन्। 

‘भारतले अब भाडामा एआई चलाउन सक्दैन। त्यसकारण हामी नाटकीय रुपमा डेटा लागत घटाएजसरी एआई लागत घटाउनेछौँ’, अम्बानीले भने। सन् २०१६मा रिलायन्स जियोको सस्तो डेटा र निःशुल्क कलमा भएको प्रवेशतर्फ उनको संकेत थियो। 

यसअघि नै अर्का धनाढ्य गौतम अदानी र टाटा ग्रुपले पनि एआईमा १ खर्ब डलर लगानी गर्ने बताइसकेका छन्। नरेन्द्र मोदी सरकारले भारतलाई एआई र क्लाउड कम्प्युटिङको हब बनाउने प्रतिबद्धता जनाएको छ। 

सोही क्रममा भारतमा ठूलो एआई सम्मेलनको आयोजना भएको हो। सम्मेलनमा विश्वका चर्चित प्रविधि कम्पनीहरु सहभागी भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad