समाज


धादिङ दुर्घटना: थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

धादिङ दुर्घटना: थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

नेपालखबर
फागुन ११, २०८२ सोमबार ११:९, हेटाैँडा

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुईजनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार१ महिला र १ पुरुष विदेशी नागरिकको उपचारको क्रममा मृत्यु भएको हो। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।

आइतबार साँझ पोखराबाट काठमाडौँका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो। 

दुर्घटनामा घाइते भएकाहरुको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृतकको अझै सनाखत हुन सकेको छैन। 

घाइते २८ जनाको परिचय भने खुलेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad