गएराति धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये अहिलेसम्म ९ जनाको मात्रै सनाखत भएको छ।
दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको र १० जनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता (डीएसपी) प्रकाश दाहालले जानकारी दिए।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति पोखराबाट काठमाडौँका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो।
सनाखत भएकामा १ विदेशी नागरिक र ८ जना नेपाली नागरिक छन्।
मृत्यु हुनेमा २४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक एन्थन, कास्कीको पोखरा महानगरपालिका–३० निवासी ४० वर्षीय विवेक बस्नेत, स्याङ्जाको वालिङ–१४ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–६ बस्ने ६३ वर्षीय चन्द्र बहादुर ढेंकर रहेको डीएसपी दाहालले बताए।
यस्तै, तनहुँको व्यास गाउँपालिका–४ निवासी अन्दाजी ४० वर्षीय ओम कुमार मल्ल, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षीय इन्जिनियर ढुंगाना, तनहुँको शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने अन्दाजी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसाल निवासी अन्दाजी २९ वर्षीय लोमाङ गोले, तनहुँको भिमान नगरपालिका–६ बस्ने अन्दाजी ४६ वर्षीय हरि प्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–१ निवासी अन्दाजी ५५ वर्षीय नबिन्द्र श्रेष्ठ रहेको डीएसपी दाहालले बताए।
प्रहरीले उपलब्ध गराएको मृतकहरुको विवरण
१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (British नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष अं. ४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर ४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया
७. जिल्ला काठमाण्डौं क क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाण्डौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)
११ हाल नामथर, वतन नखुलेको अ. वर्ष ४९/५० को पुरुष व्यक्ति
१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeit लेखिएको Tattoo)
१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष २९/३० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चमेरो र गितारको Tattoo)
१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५१ को पुरुष व्यक्ति
१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४ / ३५ की महिला
१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला
१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला
राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौँमा उपचार भइरहेका घाइते
१. जिल्ला काठमाण्डौँ, का.म.न.पा., ६ बस्ने वर्ष अं.४८ कि एन्जी शेर्पा, टाउकोमा चोट र अवस्था मध्यम)
२. जिल्ला झापा, अर्जुनधारा ६ बस्ने वर्ष अं. ३० को बिबेक मान्नधर टाउकोमा चोट अवस्था मध्यम)
३. जिल्ला काठमाण्डौं, गोकर्ण बस्ने वर्ष अं. २८ कि पुजा फुयाल टाउकोमा चोट (अवस्था मध्यम)
४. जिल्ला तनहु शुक्लागण्डकी गा. पा. ४ बस्ने वर्ष अं. ४५ को सोम प्रसाद मल्ल टाउकोमा चोट (अवस्था मध्यम)
५. जिल्ला स्याङ्जा २ बस्ने वर्ष अं. २६ को सतिन्द्र सुनार टाउकोमा र खुटामा चोट (अवस्था मध्यम)
६. देश China बस्ने वर्ष अं.१२ कि लिसी हाबु टाउकोमा चोट (अवस्था मध्यम)
७. जिल्ला स्याङ्जा, आदिखोला गा.पा. २ बस्ने वर्ष अं. २१ को प्रदिप लामिछाने टाउकोमा र छातिमा चोट (अवस्था मध्यम)
८. जिल्ला काठमाण्डौं, बौद बस्ने बर्ष अं. ५० को नर्बु पाल्डेन टाउकोमा र ढाडमा चोट (अवस्था गम्भिर)
९. जिल्ला तनहु, म्याग्दी गा.पा. ६ बस्ने बर्ष अं. ४४ को मान बहादुर थापा, अनुहारमा चोट (अवस्था मध्यम)
१०. जिल्ला कास्की, पोखरा महानगरपालिका १९ बस्ने बर्ष अं.१९ कि सलिना परियार (अवस्था मध्यम)
११. जिल्ला तनहु ब्यास गा.पा. ५ बस्ने बर्ष अं. ३८ कि सुकमाया श्रेष्ठ टाउको र ढाडमा चोट (अवस्था मध्यम)
१२. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. १२ बस्ने बर्ष अं.१९ कि सदिक्षा हमाल टाउकोमा चोट (अवस्था मध्यम)
१३. जिल्ला संखुवासभा धर्मदेबी ५ बस्ने वर्ष अं. २७ कि सोर्निमा खत्री ऋडमा चोट (अवस्था मध्यम)
१४. जिल्ला ललितपुर, इमाडोल बस्ने वर्ष ३५ को कृतराज मानन्धर टाउकोमा चोट (अवस्था मध्यम)
नेशनल मेडिकल कलेज कलंकीमा उपचार भइरहेका घाइते
१. जिल्ला धादिङ, त्रिपुरासुन्दरी गा.पा. २ बस्ने वर्ष अं.१९ को संगम मल्ल, टाउकोमा भित्री चोट,(अवस्था मध्यम)
२. जिल्ला कास्की पो.म.न.पा. ३० बस्ने वर्ष
३. जिल्ला तनहुँ, शुक्लागण्डकी गा.पा. ४.३० कि प्रमिला भटराई बास्तोला, टाउको र अनुहारमा चोट, (अवस्था मध्यम )
बर्ष अं. १८ को सुबिन मल्ल (अबस्था मध्यम)
४. जिल्ला स्याङ्जा फेदिखोला गा.पा. ४ बस्ने वर्ष अं. ६४ को डम्बर बहादुर बि.क., टाउकोमा चोट (अवस्था मध्यम)
५. जिल्ला कास्की पो.म.न.पा. २७ १ बस्ने वर्ष अं. ३५ प्रतिक पौडेल खुट्टा, बाँया हातमा चोट (अवस्था मध्यम)
६. जिल्ला पुर्बी नवलपरासी कावासोती न.पा.२ बस्ने वर्ष अं.२५ को कृष्ण तिवारी, टाउको र ढाडमा चोट (अबस्था गम्भिर)
७. जिल्ला कास्की पो.म.न.पा.३२ बस्ने वर्ष अं.२४ को संगम गुरुङ, नाक र आखाँमा चोट (अवस्था मध्यम)
८. जिल्ला धादिङ धुनेबेशी न.पा. ४ बस्ने वर्ष अं.२४ को राजेन्द्र बिसुन्खे,बाहिरी चोट नभएको (अवस्था मध्यम)
९. जिल्ला काठमाण्डौं का.म.न.पा. १० बस्ने वर्ष अ. ३० को चन्द्र फुयाल, टाउको र दुया खुटामा चोट, अबस्था मध्यम ।
१०. काठमाण्डौं सितापाईला बस्ने वर्ष अं. ३३ को राजेश कवर टाउको र ढाडमा चोट, (अवस्था गम्भिर)
टिचिङ अस्पताल मलेखुमा उपचार गराइरहेका घाइते
१. देश New Zealand बस्ने वर्ष अं. २७ कि MARI EVAIDE, बाहिरी चोट नभएको (सामान्य घाईते)
Shares

प्रतिक्रिया