समाज


चुनावको बेला सात दिन सार्वजनिक बिदा

चुनावको बेला सात दिन सार्वजनिक बिदा

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १७:४७, काठमाडौँ

आउँदो प्रतिनिधि सभाको निर्वाचनको बेला सात दिन सार्वजनिक बिदा हुने भएको छ। 

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तय भएको छ। त्यसका लागि सरकारले तीन दिन बिदा दिने निर्णय गरेको छ। यससँगै चुनावको अवधिमा सात दिन सार्वजनिक बिदा पर्ने भएको हो।  

चुनावको तीन दिनअघि होली परेको छ। होलीका लागि फागुन १८ गते पहाडी जिल्लामा सार्वजनिक बिदा रहेको छ। त्यसको भोलिपल्ट फागुन १९ गते तराईका जिल्लामा होलीको सार्वजनिक बिदा रहेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको एक दिनअघि र एक दिनपछि गरी तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार, फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा हुने छ। 

त्यसपछि फागुन २२ गते शनिबार भएकाले स्वतः सार्वजनिक बिदा भयो। त्यसको भोलिपल्ट फागुन २४ गते नारी दिवस परेको छ। हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ। त्यो दिन पनि सार्बजनिक बिदा हुने गरेको छ। 

यसरी चुनावको समयमा फागुन १८ देखि २४ गतेसम्म एकसाता सार्वजनिक बिदा हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad