आज (बिहीबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ।
हिजो (बुधबार) उक्त समय काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे ७.७ डिग्री सेल्सियसमा झरेको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। कहिलकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।
मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस थियो भने सोमबार ९.० डिग्री सेल्सियस थियो।
यस्तै आइतबार ९.१ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शनिबार ७.५ डिग्री सेल्सियस थियो। यसअघि गत काठमाडौँको न्यूनतम तापक्रम शुक्रबार १२ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ।
फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
यद्यपि हिउँद याम सकिन लागेकाले समग्रमा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
बुधबार यस्तो थियो तापक्रम सूची

Shares

प्रतिक्रिया