समाज


गोकर्णेश्वरमा गाडीको ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवकको  मृत्यु

गोकर्णेश्वरमा गाडीको ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवकको  मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८२ शुक्रबार ६:१८, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

गोकर्णेश्वर नगरपालिका–२ नाम्गेल बसपार्क नजिक बा.११ च ४७३८ नम्बरको मिनी टाटाले बा ८१ प ४५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी हाइट बस्ने ३० वर्षीय पवन तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा आज मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि प्रहरीले मिनीटाटा चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad